तपाईँ सुन्दै हुनुहुन्छः

बीएण्डसी अस्पतालले एक सय गरिब परिवारको स्वास्थ्य बिमा गरिदिने

झापा । झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पतालले गरिब तथा विपन्न एक सय परिवारको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ ।
आज पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय गरिब परिवारको स्वास्थ्य बिमा गर्ने घोषणा गर्नुभएको हो ।
सरकारले स्वास्थ्य बिमामार्फत १ लाखसम्मको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । सोही कार्यक्रम अनुसार प्रसाईँले बिमा गर्न नसक्ने परिवारको स्वास्थ्य उपचारमा सहजै पहुँच होस् भन्ने उद्देश्यले बिमा गरिदिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button