तपाईँ सुन्दै हुनुहुन्छः

दलित बस्तीमा प्राथमिक स्वास्थ्य केन्द्र उद्घाटन 

सप्तरी । दलित गरिब र विपन्न वर्गको सेवा सुविधालाई मध्यनजर गरी सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ९ स्थित रघुनाथ पुरमा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ ।

सोमवार नगर प्रमुख वसन्त कुमार मिश्रले केन्द्रको उद्घाटन गर्नुभयो । दुई सय घरपरिवार दलित रहेका यस बस्तीमा डोम, सरदार, मुसहर जातीका उल्लेख्य समुदाय छन् भने मुसलमान र केही अन्य जातीका समुदायहरू बसोबास गर्दछन् ।

तीन किलोमिटर हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने समस्याबाट मुक्त भइएको भन्दै स्थानीयहरू खुशी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button