तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको कुल वस्तु निर्यात ८० अर्ब ७८ करोड पुग्यो 

काठमाडौँ । आर्थिक वर्ष २०७७–७८ को आठ महिनामा नेपालको कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३.७ प्रतिशतले कम भएको छ ।
आर्थिक वर्ष २०७७–७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई ९४३ अर्ब ९९ करोड कायम भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी भएको छ ।
आर्थिक वर्ष २०७७–७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई .८६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button