तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने सर्वोच्चको फैसला

File Photo

काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय सेवाको सह–सचिव स्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले काम गरेको दुवै समयावधि जोड्दा योग्यता पुग्ने फैसला सुनाएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशमा सुवेदीको योग्यता नपुग्ने हुँदा उक्त निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले रिट निवेदन दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला गर्दै उक्त रिट निवेदन खारेज गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button