तपाईँ सुन्दै हुनुहुन्छः

आवश्यक नीतिगत सुधारका लागि सरकार तयारः मन्त्री गुरुङ

File photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालको दूरसञ्चार सेवालाई सुलभ र सुरक्षित बनाउन आवश्यक नीतिगत सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

नेपालको सूचना प्रविधिको अवस्थाबारे आज काठमाडौँमा आयोजित छलफलमा मन्त्री गुरुङले दूरसञ्चार सेवासम्बन्धी कानुनहरूलाई समयानुकूल सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री गुरुङले नेपालको दूरसञ्चार सेवालाई सुरक्षित एवं भरपर्दो बनाउन सके मात्रै यसबाट लाभ लिन सकिने हुँदा यसतर्फ ध्यान दिन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई नेपालको दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गरी सरकारले अगाडि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई सहयोग पुर्‍याउनु समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button