तपाईँ सुन्दै हुनुहुन्छः

आईपीएलमा राजस्थानमाथि पञ्चाव किंग्स विजयी

नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग आईपीएलमा पञ्जाब किंग्सले विजयी शुरुवात गरेको छ ।

आईपीएल अन्तर्गत गएराति पञ्जाबले राजस्थान रोयल्समाथि ४ रनको रोमांचक जित निकाल्यो । २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनमात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले शतकीय इनिंग्स खेले । उनले ६३ बल खेल्दै १ सय १९ रन बनाए । त्यस्तै रियान पराग २५, जोश बट्लर २५ तथा शिवम् दुबे २३ रनमा आउट भए ।

बलिङमा पञ्जाबका आर्शदीप सिंहले तीन तथा मोहम्मद सामीले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय २१ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले ९१ तथा दीपक हुडाले ६४ रन जोडे । त्यस्तै क्रिस गेल ४० रनमा पेभेलियन फर्के । बलिङ्तर्फ राजस्थानका चेतन सकारियाले ३ तथा क्रिस मोरिसले २ विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत आज चेन्नईमा कोलकाता नाइट राइडर्स र साविक विजेता मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button