तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टोलीलाई एक वर्षका लागि माई सेकेण्ड टिचरको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आगामी एक वर्षका लागि इन्टरनेट लर्निङ एप माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ ।

काठमाडौंमा आज एक कार्यक्रमकाबीच राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र माई सेकेण्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरेका हुन् ।

सन् २०२२ को मार्चसम्म राष्ट्रिय टोलीले प्रयोग गर्ने जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ । त्यस्तै आईएनजी ग्रुप र इस्लिङ्गटन कलेजको लोगोसमेत जर्सीमा राखिएको छ ।

राष्ट्रिय टोलीको खेल पोसाक सम्बन्धि सम्पूर्ण व्यावसायिक अधिकार खरिद गरेको एडप्याडले माई सेकेण्ड टिचरसँग सम्झौता गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान), एडप्याड र माई सेकेण्ड टिचर गरी तीन पक्षीय सम्झौता भएका कारण प्रयोजन रकम भने नखुलाइएको एडप्याडले बताएको छ ।

यही जर्सीमा नेपालले पहिलो पटक अर्को साता हुने त्रिदेशीय सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वैशाख ४ गतेदेखि नेपालले नेदरल्याण्ड र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button