तपाईँ सुन्दै हुनुहुन्छः

एमाले तनहुँको दशवटै स्थानीय कमिटीमा जिम्मेवारी हेरफेर

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले जिल्लाका दशवटै स्थानीय तहका कमिटीमा जिम्मेवारी हेरफेर गरेको छ । सर्वोच्चको फैसलासँगै व्युँतिएको पार्टीको सोमबार सम्पन्न पहिलो बैठकले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको कमिटीमा जिम्मेवारी हेरफेर गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी पार्टीले गरेका निर्णय सार्वजनिक गरिएको थियो ।

बैठकले व्यासनगर कमिटीको इन्चार्जमा प्रदीपराज अधिकारी, अध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सचिवमा निर्मल पण्डितलाई जिम्मेवारी दिएको नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिनुभयो ।

त्यस्तै भानुको इन्चार्जमा सीताराम बजगाई, अध्यक्षमा प्रेम राना र सचिवमा गोविन्द पौडेललाई जिम्मेवारी दिइएको छ । शुक्लागण्डकी नगर कमिटीको इन्चार्जमा देवलाल खनाल, अध्यक्षमा मुक्ति तिमिल्सिना र सचिवमा रघुनाथ पौडेललाई जिम्मेवारी दिइएको छ ।

भिमाद नगर कमिटीको इन्चार्जमा धर्म खनाल, अध्यक्षमा इमानबहादुर थापा र सचिवमा उमाकान्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । देवघाट गाउँ कमिटीको इन्चार्जमा बाबुराम अधिकारी, अध्यक्षमा केशवचन्द्र न्यौपाने र सचिवमा भीमबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

आँबुखैरेनी गाउँ कमिटीको इन्चार्जमा ऋषि केसी, अध्यक्षमा मिना अधिकारी र सचिवमा दिलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । बन्दिपुर गाउँ कमिटीको इन्चार्जमा इन्द्रबहादुर कुंवर, अध्यक्षमा सुरेन्द्र थापा र सचिवमा कुलेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । म्याग्दे गाउँ कमिटीको इन्चार्जमा रत्नादेवी घिमिरे, अध्यक्षमा भीमबहादुर विक र सचिवमा सोमबहादुर आलेलाई जिम्मेवारी दिइएको छ ।

घिरिङ गाउँ कमिटीको इन्चार्जमा होमबहादुर थापा, अध्यक्षमा इन्द्रबहादुर थापा र सचिवमा भुवन विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । ऋषिङ गाउँ कमिटीको इन्चार्जमा हरिराज कडेल, अध्यक्षमा गञ्जसिं गुरुङ र सचिवमा प्रेम रानाभाटलाई जिम्मेवारी दिइएको छ ।

स्थानीय कमिटीमा जिम्मेवार हेरफेर भएसँगै उक्त कमिटीको बैठक मिति समेत तय गरिएको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । जिल्लाका ८५ वटै वडा कमिटीको वैशाख १८ गतेभित्र बैठक तोकिएको छ ।

बैठकले पार्टी सदस्यता नवीकरण जेठ १५ गतेभित्र गरिसक्ने निर्णय गरेको छ । सोही क्रममा नयाँ सदस्यता वितरण अभियान पनि सँगसँगै अगाडी बढाइने सिग्देलले बताउनुभयो । बैठकले जिम्मेवारी थप, नियुक्ति लगायतका सिफारिस गर्न अध्यक्ष सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टी व्यवस्थित बनाउने अभियानमा एमाले लागेको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “केन्द्र र प्रदेशको निर्देशन अनुरुप नै जिल्लामा पार्टीको काम कारबाही अघि बढ्छ ।“

उहाँले अगाडि भन्नुभयो “पार्टी व्यवस्थित भन्दा पनि पुनःव्यवस्थित बनाउन लागि परेका छौ ।“ पार्टीको निति नियम विपरीत काम गर्नेलाई कारबाही हुने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । “अहिले समानान्तर कमिटी बनेको भन्ने हल्ला आएको छ ।“ अध्यक्ष सिग्देलले भनुभयो “हामि उहाँहरु संगै बुझेर छिटोभन्दा छिटो प्रष्ट हुने तयारीमा छौ ।“ समानान्तर कमिटीमा लागेकालाई स्पष्टीकरण सोधेर कारवाही प्रकृया अगाडी बढाइने सिग्देलले बताउनुभयो ।

एमाले एउटा मात्रै रहेको र त्यो केपी ओलि अध्यक्ष भएको पार्टी रहेको नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभाकी सदस्य भगवति न्यौपानेले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँ भन्नुभयो ’कतिपय साथीहरू त अहिले नै हामि मुल पार्टीमै रहेको मौखिक जानकारी गराउनु भएको छ । लिखित आउन बाँकी छ ।’

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button