तपाईँ सुन्दै हुनुहुन्छः

पञ्जिकरण विभागले १६ दिने व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले भोलिबाट १६ दिने व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ ।
विभागले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी व्यक्तिगत घटना दर्ताका लागि निर्धारित ३५ दिने म्याद गुज्रेका सबै घटनाहरू दर्ता गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
अभियानका क्रममा प्रत्येक वडामा स्थानीय सेवाग्राहीको माग अनुसार कम्तीमा ३ वटा दर्ता शिविरहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभयो ।
यस अवधिमा सञ्चालन हुने शिविरबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाँईसराई जस्ता व्यक्तिगत घटनाहरूको दर्ता तथा प्रमाणीकरण गर्ने, सामाजिक सुरक्षा भत्ता लिन छुटेका व्यक्तिहरूको निवेदन सङ्कलन गर्ने एवं भत्ता वितरणका सम्बन्धमा सेवाग्राहीको गुनासाको सुनुवाइ गर्ने कार्यक्रम निर्धारण भएको विभागका निर्देशक युवराज कट्टेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button