तपाईँ सुन्दै हुनुहुन्छः

९ कक्षाका छात्रालाई निःशुल्क साइकल वितरण

झापा । झापाको ग्रामीण क्षेत्र झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयका ९ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ ।
गाउँपालिकाले हिजो सोमबार एक कार्यक्रमकाबीच  १५० जना छात्रालाई साइकल वितरण गरेको हो ।
छात्राहरूलाई विद्यालय जान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । झापा गाउँपालिकाले विपन्न परिवारका छात्राहरूलाई लक्षित गरी गरिएको यो कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि र नियमितता हुने र विद्यार्थीको हौसलामा समेत वृद्धि हुने विश्वास रहेको छ ।
स्थानीय डिल्लीराज माविका १०१ जना, कुवाडीदेवी माविका ३८ जना र महेन्द्र माविका ११ जना छात्रालाई साइकल वितरण गरिएको र बाँकी रहेका दुई वटा सामुदायिक विद्यालयका छात्राहरूलाई पनि साइकल वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत चित्र गुरागाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button