तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक आकाशमा गलत चिजले घर गर्न खोजेको छः नेता बस्नेत

तनहुँ । नेपाली राजनीतिक आकाशमा गलत चिजले घर गर्न खोजेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता महेश बस्नेतले बताउनुभएको छ ।

मङ्गलवार राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी तनहुँको आयोजनामा भएको जिल्ला स्तरीय युवा भेलामा नेता बस्नेतले नेपाली राजनीतिमा गुट बनाइ जबरजस्त छिर्न खोजेको स्थिति देखिएको बताउनुभयो ।

संवृद्ध नेपाल र सुखी नेपालीको अभियान हुने हो की होइन त्यो प्रश्न सबै नेता र कार्यकर्ताको मनमा रहेको नेता बस्नेतले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठ (किसान), राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपाने, राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष किरण पौडेल, राष्ट्रिय युवा संघका अध्यक्ष वचन बहादुर सिंह, गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, राम बहादुर गुरुङ, सन्तोष रावल, अशोक चौलागाईं लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button