तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारको कारोबार सूचक नेप्सेमा नयाँ रेकर्ड

फाइल तस्बिर

काठमाडौँ । वि.सं. २०७७ को अन्तिम कारोबार दिन, मङ्गलवार नेपाली शेयर बजारको कारोबार सूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ ।

यस दिन नेप्से सूचक २३.२३ अङ्कले बढेर २७१४.७९ विन्दुमा पुगेको छ । यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो ।
यस दिन कारोबार रकम पनि उच्च नै भएको छ । मङ्गलवार २०९ वटा कम्पनीहरूका १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयरहरू ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा किनबेच भएका छन् ।
यस दिन विकास बैङ्क र वाणिज्य बैङ्कहरूमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
मङ्गलवार कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएका छन् । मङ्गलवार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button