तपाईँ सुन्दै हुनुहुन्छः

विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैकले सोमवार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा जारी गरेको प्रतिवेदनमा समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता सरकारको चालु खाता.१४८ अर्ब ६८ करोडले घाटामा रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता .११९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति भने ६८ अर्बले बचतमा रहेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो ।
२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चित २.५ प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा.१४३६ अर्ब ५४ करोड पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button