तपाईँ सुन्दै हुनुहुन्छः

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

तनहुँ । तनहुँको शुक्लागण्डकी क्षेत्रमा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले सोमबार ब्यागनका विद्यार्थीहरूलाई सहयोग गरेको छ ।
शुक्लागण्डकी नगरपालिका–६ मा रहेको त्रिभुवन प्राथमिक विद्यालयका ४५ विद्यार्थीहरूलाई कापी कलम र स्कुले झोला वितरण गरिएको क्लबका पुर्वअध्यक्ष दीर्घबहादुर थापाले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका वडा न ५ का वडाध्यक्ष समेत रहनुभएका थापाले अन्तर्राष्ट्रिय क्लबमा आबद्ध सदस्यहरूले अर्थ सङ्कलन गरी सहयोग गर्ने गरेको जानकारी दिनुभयो ।
क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एजभाईजर दुर्गाकुमार श्रेष्ठ र पूर्व अध्यक्ष प्रदीप थापा लायन्स क्लबले सानो सहयोग सबैलाई गर्न सक्ने भन्दै अप्ठ्यारो परिस्थितिमा सहयोगको अपेक्षा गर्न सकिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर परियारले यस्ता सहयोगले विद्यार्थीको शैक्षिक गतिविधि प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अधिकांश विद्यार्थीको आर्थिक स्थिति न्यून भएकाले मनकारी सङ्घसंस्थाको सहयोग विद्यालय र विद्यार्थीहरूको लागि आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button