तपाईँ सुन्दै हुनुहुन्छः

खेलकूद पत्रकारिता पुरस्कारबाट राणा र थापा सम्मानित

काठमाडौं । नेपाल खेलकूद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार अजय राणा र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सञ्जय थापा सम्मानित हुनुभएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्चको १६औँ साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा तामाङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सयुक्त रुपमा उहाँहरूलाई सम्मान प्रदान गर्नुभयो । सम्मानित हुने वरिष्ठ पत्रकार राणालाई रु २५ हजारसहित ताम्रपत्र पदान गरियो । त्यस्तै युवा पत्रकार थापालाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गरियो । युवा पत्रकारिता पुरस्कार भने एशियाली खेलकूद पत्रकार महासङ्घबाट उपलब्ध गराइएको हो ।

कार्यक्रममा मन्त्री तामाङले खेल पत्रकारको स्तरोउन्नतिका लागि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घको एशोसिएट शाखाको रुपमा रहेको मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकारहरू श्याम चित्रकार, गोपाल बस्नेत, पी खरेल, पुष्करलाल श्रेष्ठ, सीताराम अग्रहरि र राजु शिलवाललाई सम्मानित गरिसकेको छ । त्यस्तै सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट भने दिल तामाङ र निशान राई सम्मानित भइसक्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button