तपाईँ सुन्दै हुनुहुन्छः

वृद्धभत्ता महिनाको सयबाट दिनकै सयमा पुग्यो,यो बर्ष अझै बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष वृद्धभत्ता अझ बढ्ने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै सिंहदरबारबाट टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले  महिनाको एक सयबाट सुरु गरिएको वृद्धभत्ता अहिले दिनकै सयमा पुगेको बताउनुभयो । आगामी बजेटमार्फत यो सामाजिक सुरक्षा भत्ता अझै बढाइने पनि बताउनुभयो ।

उहाँले अघिल्लो वर्षको तुलनामा यसवर्ष विकासमा गुणात्मक फड्को मार्न सरकार सफल भएको बताउनुभयो । नयाँ बर्षमा सरकारले झन् नयाँ नयाँ कार्यक्रम गरिने पनि प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष कोभिड १९ को प्रतिकुलतामा पनि महत्वपूर्ण कमहरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’

उहाँले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलता रहेको बताउनुभयो ।

सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिल्यै लकडाउन गर्न लाग्यो भनेर गलत हल्ला चलाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हौं भनेको हुँ । ’

प्रतिक्रिया राख्नुहोस्

Back to top button