तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकपः उद्घाटन खेलमा आयोजक विजयी

बारा । बाराको सिमरामा जारी ११ औँ जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लबले विजयी सुरुवात गरेको छ । घरेलु रङ्गशालामा हिजो रातिदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजकले बाग्मती गाउँपालिकालाई ४–२ ले पराजित गरेको हो ।

आयोजकलाई जित दिलाउने क्रममा लुई बिडाल र डोना थापाले दुई–दुई गोल गरे । बाग्मतीका लागि वसन्त तामाङ र युवराज ढकालले गोल गरे । जितसँगै आयोजक टोली खेलको अन्तिम आठमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज साबिक उपविजेता त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाइटेड क्लबबिच हुनेछ ।

प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उदीयमान खेलाडी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार पुरस्कार स्वरूप नगद दिइने अध्यक्ष रामचन्द्र लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button