तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा व्यक्तिगत घटना दर्ता अभियान शुरु

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ ।
राष्ट्रिय व्यक्तिगत घटना दर्ता दिवसको अवसर पारेर भद्रपुरमा आजदेखि अभियान सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिका वडा नं १० को सभा हलमा आयोजित एक समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठले अभियानको उद्घाटन गर्नुभयो ।
व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकोले जन्म, विवाह वा मृत्युको ३५ दिनभित्र आफ्नो वडामा घटना दर्ता गराई आफ्नो अधिकार उपयोग गर्न भद्रपुरवासीसँग आग्रह गर्नुभयो ।
नयाँ वर्ष २०७८ को शुभकामना आदान–प्रदानसहित वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा आयोजित कार्यक्रममा ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, टोल विकास संस्थाका पदाधिकारीहरूले व्यक्तिगत घटना दर्ताका सम्बन्धमा आइपर्ने समस्या र समाधानका उपायबारे चर्चा गर्नुभएको थियो ।
७ नं वडा सचिव हिरण्य न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाको पञ्जिकरण शाखाका प्रकाश भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
व्यक्तिगत घटना दर्ताको यो १६ दिने अभियानमा नगरका विभिन्न स्थानमा प्रचारात्मक घुम्ती शिविरहरू आयोजना गरिने भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button