तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर २ बालकको मृत्यु 

सुनसरी । सुनसरीको इटहरीमा नहरमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको हो । इटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी ७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका छन् । नहरमा पौडी खेल्ने क्रममा डुबेर मङ्गलवार बेपत्ता भएका उनीहरूलाई स्थानीयसहित खोजी गरेको थियो ।
प्रहरीले जिउँदै उनीहरूलाई राती फेला पारेको र उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button