तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्षले मुलुकमा शान्ति, समृद्धि र विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले नयाँ वर्ष, जुडशीतल एवं रमजान पर्वको शुभ अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं १७ कनकपट्टीमा आज देखि शुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नयाँ वर्षमा प्रदेश सरकार प्रदेशको विकासका लागि नयाँ ऊर्जाका साथ प्रदेश र देशको विकासमा अगाडी बढ्ने विश्वास दिलाउनुभयो ।
प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रदेशमा सरकारले नयाँ वर्षमा थप लोकप्रिय तथा जनोपयोगी योजनाहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
प्रदेश नंं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले विभिन्न बाधा अवरोधका बाबजुद प्रदेश सरकारले जनतालाई कानुनी रुपमा अधिकार सम्पन्न बनाउनका लागि विभिन्न प्रकारको कानुनहरूको निर्माण गरिरहेको बताउनुभयो ।
क्रिकेट खेलकुद प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राउतले ब्याटिङ गरेर र मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले बलिङ गरेर गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिलाई निःशुल्क बिरुवा पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button