तपाईँ सुन्दै हुनुहुन्छः

अछाम पूर्ण खोप सुनिश्चित अन्तर्गत पाँच पालिका घोषणा

अछाम । अछामका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लालाई नै पुर्णखोप सुनिश्चित घोषणा गर्न लक्ष्य अनुसार ५ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका स्वास्थ्य प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चित घोषणा गर्दा पुरा गर्नुपर्ने सबै सूचक पुरा गरेपछि पालिकाहरूलाई घोषणा गरिएको हो । आगामी वैशाख ४ गतेसम्म सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै जिल्लालाई नै पुर्णखोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
खोप उमेर समूहका बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले निरन्तर पहल गरिरहेका छन् । अछामका विभिन्न स्थानीय तहमा पोषण कार्यक्रम पनि सञ्चालनमा छन् ।
अछाम जिल्लामा बिजीसी, डिपीटी, पोलियो, दादुरा रुबेला लगायतका सात वटा खोप बालबालिकालाई उमेर अनुसार दिइने गरेको छ । नियमित खोपका कारण बाल तथा मातृ मृत्युमा समेत निकै कमी आएको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button