तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वर नगरपालिकाले शिक्षकहरूलाई योग तालिम सञ्चालन गर्ने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षकहरूका लागि विशेष योग अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले कक्षा १ देखि ८ सम्म लागु गरेको स्थानीय पाठ्यक्रममा योगको विषय समावेश गरेकाले शिक्षकहरूलाई योग तालिम सञ्चालन गर्न लागिएको नगरपालिकाको युवा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाहले जानकारी दिनुभयो ।
यही वैशाखको दोस्रो सातादेखि शुरु हुने योग तालिममा नगरपालिका भित्रका झन्डै ५ सय शिक्षकको सहभागिता रहने युवा तथा खेलकुद उपशाखा प्रमुख शाहले बताउनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
तालिममा सहभागी शिक्षकहरूलाई पतञ्जलि योग समिति नेपालका योग शिक्षकहरूले प्रशिक्षण दिनुहुने छ ।
योग तालिमले शिक्षक एवं विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रूपले स्वस्थ बनाउन सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button