तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मिस टिनको उपाधि झापाकी साम्राज्ञीलाई

झापा । मिस टिन २०२१, प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जित्नुभएको छ । आज बिर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रणीत पुडासैनीले जानकारी दिनुभयो ।
उपाधि विजेता शर्माले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नुभएको छ । उहाँले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रवृत्ति पनि पाउनु हुनेछ ।
यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनर अप झापा दमककी सुरक्षा कार्की र सेकेन्ड रनर अप मोरङकी आशिका बजगाईँ बन्नुभएको छ ।
उहाँहरूले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफी प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button