तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षको अवसरमा तरकारी तथा फलफूलमा छुटको घोषणा

भक्तपुर । नेपालकै ठूलो भनिएको भक्तपुरस्थित सूर्य विनायक हरित कृषि थोक बजार प्रालिले नयाँ वर्षको अवसरमा तरकारी तथा फलफूलमा केही दिनका लागि छुटको घोषणा गरेको छ ।
छुटको व्यवस्थाको भरपुर फाइदा उठाउन कम्पनीले सवैसँग अनुरोध गरेको छ  । हालसालैदेखि सञ्चालनमा ल्याइएको सूर्य विनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईँले नयाँ वर्षको अवसरमा पहिलो पटक यो छुटको व्यवस्था गरेको बताउनुभयो ।
३२ करोडको लगानीमा सञ्चालित यो नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार भएको कम्पनीले दाबी गरेको छ ।
बजारभित्र साढे सात सय स्टलहरू रहेको छन् । बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने र बजारको मुख्य उद्देश्य होलसेल बजारको रुपमा स्थापना गर्ने भए पनि स्थानीयको सुविधाका लागि खुद्रा विक्री पनि गर्ने प्रबन्ध गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button