तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ । बसको ठक्करबाट बेलभञ्ज्याङमा घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा ज्यान गएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै ग १ ख ९५२४ नम्बरको बस र विपरीत दिशाबाट दमौली आउँदै गरेको बाग्मती एएए ०३०६ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल घाइते चालक सिन्धुपाल्चोक फुल्पिङ डाँडा ७ निवासी ३८ वर्षका सन्तोष कार्कीको ज्यान गएको छ ।
उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइएकामा साँझ सवा ६ बजे निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button