तपाईँ सुन्दै हुनुहुन्छः

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, आजैबाट लागू हुँदैछ ‘मेरो कित्ता’कार्यक्रम

काठमाडौं । अबदेखि घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली नापी विभागले सञ्चालनमा ल्यायसँगै अब नक्सा लगायतका काम लिएर मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हट्न लागेको हो ।

नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्दैहुनुहुन्छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिनेपनि विभागले जनाएको छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको हो ।

सरकारले पहिलो पटक बिहीबारबाट यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु गर्दैछ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button