तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख सेरचनले   गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारीसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ ।

गत चैत २५ गतेदेखि सुरू भएको संसद ६ गतेसम्मका लागि स्थगित थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button