तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष खुला भलिबलको उपाधि दावाली टिमलाई

भोजपुर । भोजपुर नगरपालिकाको दाँवामा सञ्चालन भएको पुरुष खुला भलिबल प्रतियोगितामा दाँवाली भलिबल टिम विजयी बनेको छ ।
नयाँ वर्षको अवसरमा दावाँली मिलन क्लब सम्पर्क समितिको आयोजना तथा कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान र भोजपुर नगरपालिका वडा नं ३ र ४ को सहयोगमा सञ्चालन भएको प्रतियोगिताको फाइनल चरणमा फस्ट राइफल गणलाई पराजित गर्दे दावाँली भलिबल टिम प्रथम भएको हो ।
प्रतियोगिताको प्रथम टिमले नगद एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
दोस्रो टिमले नगद ७५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक दावाली मिलन क्लब सम्पर्क समितिले जनाएको छ ।
प्रतियोगितामा तेस्रो हुने जिल्ला भलिबल सङ्घले नगद ४० हजारसहित प्रमाण पत्र र चौथो हुने एकता युवा क्लबले २० हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा रोमन बस्नेत, उत्कृष्ट स्पाइकर प्रदीप श्रेष्ठ, उत्कृष्ट सटर राजन लिम्बु, उत्कृष्ट बल्कर गोपाल खड्का, उत्कृष्ट डिफेन्डर भुवन क्षेत्री र उत्कृष्ट सर्वर दिनेश तामाङ भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button