तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना फैलिएपछि नेपालगञ्जका विद्यालय भोलिदेखि एक साता बन्द

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा भोलि शुक्रवारदेखि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो ।
नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरूको सीमा नाकामा स्वास्थ्य परिक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको
छ ।
मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button