तपाईँ सुन्दै हुनुहुन्छः

विकास तथा समृद्धिका लागि उत्प्रेरित गर्ने कलाकृतिको सिर्जनामा जोड दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको बिकास तथा समृद्धिका लागि उत्प्रेरित गर्ने कलाकृतिको सिर्जनामा जोड दिन कलाकारहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आजदेखि काठमाडौँमा आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले देश विकासमा जागरूक र जिम्मेवार बनाउने कलाकृतिको रचना गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले हाम्रो मौलिक परम्परा एवं प्राकृतिक सुन्दरताको अधिकतम सदुपयोग गर्न समेत कलाकारहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले नेपालको मौलिक कला एवं संस्कृतिको विकासका लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।

आगमी एक महिनासम्म चल्ने प्रदर्शनीमा विभिन्न ४ सय ४७ जना कलाकारका ४ सय १४ वटा प्रतियोगि तथा ८५ वटा अप्रतियोगी कलाकृतिहरू राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button