तपाईँ सुन्दै हुनुहुन्छः

धरान होलिडेजले पाथीभरा दर्शन गराउने

सुनसरी ।  सुनसरीको धरान होलिडेजले वैशाख ५ गतेबाट पाथीभरा दर्शन गराउने भएको छ ।
बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान होलिडेजले एयर डायनेस्टीसँग मिलेर धरानबाट दर्शनार्थी यात्रुलाई हेलिकप्टरबाट पाथीभरा दर्शन गराउने सेवा सुरु गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा धरान होलिडेजले पाथीभरा लगायत खोटाङको हलेसी महादेव मन्दिर, सङ्खुवासभाको गुफा पोखरी लगायत माउन्टेन फ्लाइटका प्याकेज सार्वजनिक गरेको छ ।
प्रतिव्यक्ति ३० हजार लिएर धरान होलिडेजले धरानबाट पाथीभरा मन्दिर लग्ने साथै धरानसम्म ल्याउने व्यवस्था गरी हेली प्याकेज घोषणा गरेको हो । पाथीभरा मन्दिर पुगेर धरान आइपुग्न करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ भने दैनिक ३ देखि ५ फ्लाइटसम्म गरिने जनाइएको छ ।
धरान होलिडेजका सञ्चालक कुन्दन श्रेष्ठका अनुसार पाथीभरा दर्शन गर्न सहकारी मार्फत मासिक २५ सयको किस्ताबन्दीको समेत व्यवस्था गरिएको जानकारी दिएका छन् । उनका अनुसार अशक्त र ज्येष्ठ नागरिकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button