तपाईँ सुन्दै हुनुहुन्छः

१२ लाख लगानीमा युवाहरूले सञ्चालन गरे इँटा उद्योग

अछाम । अछाममा ईन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याइएको छ । युवाहरुको पहलमा जिल्लाको साँफेबगर नगरपालिकामा एमबिए ईन्टरलक ई टा उद्योग सञ्चालनमा ल्याइएको हो ।
नयाँ वर्षको अवसर पारी साँफेबगर नगरपालिका वडा नम्बर ४ छिपेखोलामा करिब १२ लाखको लागतमा सञ्चालन गरिएको उद्योगको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
स्थानीय युवाहरू मीन बाब्ली, भीम बडाहित र एकेन्द्र कुँवरले संयुक्त रुपमा सञ्चालनमा ल्याएको इँटा उद्योगले अछामवासीलाई घर तथा भवन निर्माणमा सहज हुने विश्वास व्यक्त गरिएको छ। उद्योगमा तत्काल ८ जनाले रोजगार पाउने समेत सञ्चालक मीन बाब्लीको भनाई छ । पछिल्लो समय घर तथा भवन निर्माण कार्य बढी रहेको र बाहिरबाट ई टा मगाउने गरेकोमा साँफेबगरमै इँटा उद्योग सञ्चालन गरिएको सञ्चालकको भनाइ छ । जिल्लाको साँफेबगर, मेल्लेख, रामारोशन तथा बाजुरा जिल्लामा समेत आफ्नो सेवा पुर्‍याउने लक्ष्य रहेको सञ्चालक बाब्लीको भनाई छ ।
स्थानीय श्रम, सीप र साधनको प्रयोग गरी सामग्री उत्पादन र उद्योग अगाडि बढाउने सञ्चालकहरूको भनाइ छ । युवा उद्यमशीलता, आजको आवश्यकता भन्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो ।
हाल एउटा मात्र मेसिन रहेको र अरू दुई मेसिन ल्याई उत्पादन वृद्धि गर्ने सञ्चालकको योजना छ । माटो, बालुवा, गिट्टी, सिमेन्टको निश्चित मिश्रण बनाई इँटा तयार गरिने छ ।
उद्योगको उद्घाटन गर्नुहुँदै साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुढथापाले युवाहरूले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने भावनाका साथ उद्यम शुरु गर्नु भएकोले यो काम श्रहानीय रहेको भन्दै नगरपालिकाले यस्ता उद्यमीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button