तपाईँ सुन्दै हुनुहुन्छः

म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीगको सेमिफाइनलमा

काठमाडौं । म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २(१ गोलले हराउँदै समग्रमा ४–२ को नतिजासहित म्यानचेष्टर सिटी अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।

घरेलु मैदानमा बोरुसियाले १५औं मिनेटमै जुड बेलिन्ह्यामको गोलसँगै अग्रता बनाएको थियो । तर त्यसपछि सिटीले लगातार दुई गोल थपेको थियो । उसका लागि ५५औं मिनेटमा पेनाल्टीमार्फत रियाद महरेज र ७५औं मिनेटमा फिल फोडेनले गोल गरेका थिए ।

पहिलो लेग सिटीले घरेलु मैदानमा २–१ ले नै जितेको थियो । अब सेमिफाइनलमा सिटी र पीएसजीबीच खेल हुनेछ ।

यस्तै अर्को खेलमा लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३–१ गोलको नतिजा निकाल्दै रियल मड्रिडले पनि सेमिफाइनल यात्रा तय गर्‍यो । लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको पहिलो लेगमा रियल ३१ ले नै विजयी भएको थियो ।

यससँगै रियल ३० औं पटक युरोपियन प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा रियलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button