तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ ।

मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधान ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा विस्फोटन गराउँर्दै आएका छन् । यस्ता घातक हतियारहरुले सर्वसाधारणलाई पनि बारम्बार हानी पुन्याउँर्दै आएको छ ।

अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुको साथै ५ हजार ५४० भनदा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।
सन् २०२० मा भएका अर्को छुट्टै घटनाहरुमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button