तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितलाई बेड अभाव

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढेपछि कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि बढ्दै गएको छ । कोरोना संक्रमित बढेपछि महाकाली अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीहरूलाई राख्नको लागि बेडको अभाव हुन थालेको छ ।

महाकाली अस्पतालमा रहेको ५० शय्याको आइसोलेसन अहिले ५१ जना बिरामीहरू रहेको महाकाली अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठले संक्रमित थपिँदै गएकाले आइसोलेसनमा बेड अभाव हुन थालेको बताउनुभएको छ ।
बेड अभाव हुन थालेपछि जनस्वास्थ्य कार्यालयले महेन्द्रनगरस्थित आइसिएचको भवनमा आइसोलेसन बनाउने तयारी गरिएको जनाइएको छ । कञ्चनपुरमा प्रत्येक दिन १० देखी १५ जना नयाँ संक्रमितहरु थपिन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button