तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको याङपाङमा टेलिकमको टावर बन्दै

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको वडा नम्बर १ मा रहेको याङपाङमा बन्दै गरेको नेपाल टेलिकमको टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अरुण गाउँपालिकाको याङपाङमा रहेको पिल्सिङ गढीमा टेलिकम टावर निर्माण भएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताउनु भयो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सञ्चार मन्त्री हुँदा सो स्थानमा टावर निर्माणको निर्णय भएको थियो । टावर निर्माण भइसकेकोले अबको २ महिना भित्रमा आवश्यक उपकरणहरू जडान गरी सञ्चालनमा आउने वडाध्यक्ष खत्रीको भनाई रहेको छ ।
तोकिएको समय भित्र टावरमा आवश्यक उपकरण र सामाग्रीहरू जडान गरी सञ्चालनमा ल्याउन वडाले समेत पहल गर्दे आई रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो । टेलिकमले निर्माण गरेको टावर सञ्चालनमा आए पछि पूर्वी क्षेत्रका स्थानीयहरूलाई समेत नेटवर्कको समस्या नहुने नेपाल टेलिकम भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button