तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ९ सय जना संक्रमित भएका छन् ।

५ हजार ५ सय ३७ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ८ सय ३६ जना तथा ६ सय २१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६४ जना गरी जम्मा ९ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।
यसैगरी आज थप २ सय ८ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९७ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा ५ हजार ८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै देशभरी आज कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button