तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकासहित विभिन्न पहाडी जिल्लाहरूमा वर्षा

काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण आज काठमाडौँ उपत्यकासहित विभिन्न पहाडी जिल्लाहरूमा हल्का वर्षा भएको छ ।
बिहीबार बेलुकादेखि स्थानीय वायुका कारण प्रि–मनसुनको गतिविधि सुरु भएको र हुरी बतास तथा चट्याङसहित वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
रेडियो नेपालसँगको कुराकानीमा वरिष्ठ मौसमविद् पौडेलले प्रि– मनसुन सक्रिय भएपछि विगत एक महिनादेखि वायुमण्डलमा देखिएको धुलाको कण तथा प्रदूषण कम भएर जाने र बिस्तारै तापक्रम पनि बढ्दै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button