तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

झापा । झापामा जिल्ला स्तरीय रनिङ शील्ड प्रतियोगिता बाह्रौँ संस्करण शुरु भएको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज शुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँले उद्घाटन गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बानियाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराई खेलकुदमा सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते लगायतका आधा दर्जन विधा समावेश गरिएको प्रतियोगिता अन्तर्गत आज भएका खेलहरूबाट केही खेलका परिणाम घोषणा भएको कार्यालय प्रमुख मैनालीले बताउनुभयो ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीहरूले १ नं प्रदेशस्तरीय राष्ट्रप्रति रनिङशील्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button