तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङबाट एक जनाको मृत्यु

भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिकामा पानीसँगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।
घरमा बसिरहेको अवस्थामा गए राती असिना पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी षडानन्द नगरपालिका—८ की ७२ बर्षिया मनमाया राईको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button