तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी राजधानीको प्रस्ताव दर्ता गर्न सूचना

जनकपुरधाम । प्रदेश नं २ को नाम तथा स्थायी राजधानीको प्रस्ताव दर्ता गर्नका लागि प्रदेशसभा सचिवालयले सूचना जारी गरेको छ ।

प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवको आदेशमा प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्नुहुँदै प्रस्ताव दर्ताका लागि वैशाख ९ गतेसम्मका लागि समय तोक्नुभएको छ ।

प्रदेश नंं २ को नाम तथा स्थायी राजधानीको प्रस्ताव प्रदेशसभाबाट दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले दलहरूले विगतमा पेश गरेका सबै प्रस्तावहरूमाथि २०७६ सालमा मतदान हुँदा कुनै पनि प्रस्ताव दुई तिहाइ नपुगेपछि पारित हुन सकेका थिएनन् ।

वैशाख २ गते देखि ९ गते दिउँसो ३ बजेसम्ममा प्रस्ताव दर्ता गर्नका लागि समयावधि तोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button