तपाईँ सुन्दै हुनुहुन्छः

चार देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत    

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रिसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
जापानी राजदूत युताका आवासीय र अन्य देशका राजदूत गैर आवासीय हुनुहुन्छ ।
समारोहमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button