तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार ट्रफी सार्वजनिक गरेको हो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सीलार र मलेसियाका कप्तान फैज अहमदले शुक्रवार ट्रफी सार्वजनिक गरेका हुन् ।
शनिवारदेखि कीर्तिपुर मैदानमा सुरु हुने शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभागी छन् भने पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।
नेपालले आइसिसीको टी–ट्वान्टी वरीयतामा एसोसिएट राष्ट्रको पाँचौँ स्थानमा रहेको टोलीसँग भिड्न थालेको हो । खेल दिउँसो १:१५ बजेबाट सुरु हुनेछ ।
हाल कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकाले कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै खेलमा उपस्थित हुने दर्शकहरूलाई अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड अपनाउन लगाइने र कम दर्शकलाई मात्रै प्रवेश गराइने आयोजक क्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button