तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दुर्घटना, ५ को मृत्यु, ४२ जना घाइते

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ रोहिणी खोला नजिकै यात्रुवाहक बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा ४२ जना घाइते भएका छन् ।
आज बेलुका सवा ६ बजेतिर बस र टिप्पर ठोक्किँदा सुर्खेत साटाखानी ५ का जीवन कुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अन्य चार जनाको अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको हो । उनीहरूको सनाखत हुन सकेको छैन । घाइते मध्ये ७ जना अति गम्भीर, १४ जना गम्भीर र २१ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेको बस र बालुवा लोड गरेर कोहलपुरतर्फ आउँदै गरेको टिप्पर एक आपसमा ठोक्किएका थिए । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button