तपाईँ सुन्दै हुनुहुन्छः

ह्वीप उल्लङ्घन गर्ने एमालेका चार सांसदलाई कारबाहीको सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कणाली प्रदेश संसदीय दलले  कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाही सिफारिस गरेको छ ।
पार्टी ह्वीप उल्लङ्घन गर्ने  एमालेबाट निर्वाचित प्रदेशका चार सांसदलाई  कारबाही गर्न दलले केन्द्रलाई सिफारिस गरेको हो ।
माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रत्यक्ष निर्वाचित सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्न दलले केन्द्रमा सिफारिस गरेको प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिनुभयो । चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकले विश्वासको पक्षमा मतदान गरेर पुनः मत सच्याउने समानुपातिक सांसद देवी वलीलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button