तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा सर्वदलीय बैठक शुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक शुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको हो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ ।

बैठकमा नेकपा(माओवादी केन्द्र) र नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भने कोही सहभागी भएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button