तपाईँ सुन्दै हुनुहुन्छः

तालिबानको आक्रमणमा चार सुरक्षा अधिकारीको मृत्यु

तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताउनु भएको छ ।

तालुकान शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी चार सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी अधिकारीले पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार बिहान १ बजे सो आक्रमण भएको थियो ।

यस आक्रमणको क्रममा तालिबान लडाकू समूहतर्फ पनि हताहत भएको तर यसको यकीन संख्या भने प्रष्ट नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । तर एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा यस आक्रमणको क्रममा तीन तालिबान लडाकू पक्राउ परेका र ती मारिनुको साथै अन्य तीन घाइते भएका बताएका छन् । तालिबानले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button