तपाईँ सुन्दै हुनुहुन्छः

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारी विरुद्ध नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर एक ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button