तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्ड कप : हेटौँडा क्वाटर फाइनलमा

बारा । बाराको सिमरामा जारी जीतपुुरसिमरा गोल्ड कपमा सुदूरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय यूथ क्लब हेटौँडा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा गए राति भएको खेलमा २–० को जित निकाल्दै सातौँ संस्करणको विजेता समेत रहेको विजय यूथ हेटौँडा क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

हेटौँडाको जितमा नवराज नवराज गुरुङ र विकास लामाले समान एक÷एक गोल गरे । खेलको १६ औँ मिनटमा नवराजको गोलबाट अग्रता लिएको हेटौँडा विरुद्धको खेलमा फर्कन सङ्घर्ष गरेको सुदूरपश्चिमले आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । मध्यम खेल प्रदर्शन गरेको हेटौँडाले ७५औँ मिनेटमा विकास लामाको गोलबाट अग्रता दोब्बर पार्‍यो ।

सुदूरपश्चिमका सुनिल धामीले हेटौँडाका सन्तबहादुर गुरुङलाई लडाएपछि पाएको फ्रिकिक बललाई विकासले गोलमा परिणत गरे ।

करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिकलाई विकासले सिधै गोलमा परिणत गरेका थिए ।

खेलको म्यान अफ दि म्याच हेटौँडाका नवराज गुरुङ घोषित भए । उनले नगद पाँच हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा आज हिमालयन शेर्पा क्लब र आयोजक नवजनजागृती सिमरा भिड्दैछन ।

हिमालयन शेर्पाले सिधै क्वाटर फाइनल खेल्दै छ भने आयोजकले उद्घाटन खेलमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button