तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. २ स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

बारा । तेस्रो प्रदेश नं.२ स्तरीय तेक्वान्दो प्रतियोगिता बाराको सिमरामा सुरु भएको छ ।

प्रतियोगितामा २५ किलो तौल समूहदेखि ५० किलो समूहका खेलाडीहरूले १३ वटा समूहमा महिला पुरुष गरी सहभागिता जनाएका छन् ।

सिमरा तेक्वान्दो डोजाङका डोजाङ प्रमुख विजय साह ठकुरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य शोभा लामाले प्रतियोगिताको पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं. २ का महासचिव राजकुमार लामा, नेपाल सितोरियो कराते डोजो प्रमुख सानु पटेल, एकता पब्लिक स्कुलका प्रिन्सिपल मदन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २५ किलो तौल समूहका विजेता र उपबिजेतालाई प्रमुख अतिथि लामाबाट पदक वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button